logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सामान्य अंकले बढ्यो नेप्से


अंकुरण खबर
754
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज (आइतबार)  सामान्य अंकले बढेको छ ।

गत साताको बिहिबार २५.२३ अंकले बढेर दुई हजार ६ सय ३८ दशमलब ६८ विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार आज ३.६६ अंकले नेप्से बढेर दुई हजार छ सय ४० दशमलब ३४ विन्दुमा पुगेको छ भने ८ अर्ब ८३ करोड ४६ लाख बराबरको कारोबार भएको छ ।

त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये ५ समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । आज कारोबार भएका ९ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।