logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव पेश


अंकुरण खबर
728
Shares

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।

आइतबार बसेको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो।

प्रदेश सभा बैठक स्थगित गर्न मसख्यमन्त्री राईले सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गरेपनि उनले बैठक स्थगित गर्न अस्वीकार गरेका थिए ।

पुस १२ गते प्रदेशसभाका ३७ सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमाथि माघ २४ गतेको बैठकमा पनि छलफल गर्ने कार्यसूची थियो । तर नेकपा ओली समूहले अवरुद्ध गरेपछि दुई साताका लागि बैठक स्थगित भएको थियो ।