पछिल्लो २४ घण्टामा नेपालमा ८० जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ४३१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३ हजार २२५ जनाको पिसिआर परीक्षण गर्दा ८०जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ३९ हजार ९६३ पुगेको छ ।
आज १२१ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको मन्त्रालयले जनाएको छ ।
आइतबार कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन। शनिबार दिउँसोसम्म कोरोना संक्रमित मृतकको संख्या २ हजार ६१ जना पुगेको छ ।
यस्तै, देशभर ५२ जना कोरोना संक्रमित आइसियु र १० भेन्टिलेटरमा छन्।