प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नेकपाको (प्रचण्ड-माधव) समूहका ६ जना कार्यकर्ता रहेका छन् । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ नैकाप चौतारोमा कालो झण्डा देखाउने तयारी गरिररहेका बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार दहचोक उत्सबको उद्घाटन गर्न प्रधानमन्त्री ओली सोही बाटो हुँदै जाने तयारी थियो । प्रधानमन्त्री सडक मार्ग भएर जानेबेला कालो झण्डा देखाउन सडक छेउमा पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेकपाको प्रचण्ड-नेपाल समूहका दाताराम पनेरु, बिमल लम्साल, विनोद भट्ट, उत्सव भट्ट र प्रितम भट्ट छन् । पक्राउ परेका ६ जनालाई नै महानगरीय प्रहरी बृत्त कालीमाटीमा राखिएको छ ।
संसद विघटन पछि विभाजित भएको नेकपाको प्रचण्ड–माधव अहिले संसद पुनस्स्थापनको मागसहित आन्दोलनमा छ ।