logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वजको वीरतालाई सम्मान गर्न नचुकौं ,सरकारले केहि गरेन भन्नेले दहचोकमा आउँन : प्रम ओली


अंकुरण खबर
1.287K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अशान्ति तथा हिंसातर्फ लागेकाहरुलाई शान्तिपूर्ण राष्ट्रिय मूलधारमा ल्याउन सफल हुदै गएको दावी गरेका छन् ।

आइतबार(आज) चन्द्रागिरी नगरपालिकाको दहचोकमा पाँचौ इन्द्रदह पर्यटन उत्सबलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पृथकतावादतर्फ उन्मुख रहेका सिके राउतलाई शान्तिपूर्ण राष्ट्रिय राजनीतिमा ल्याउन सफल भएको बताए । त्यस्तै प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहसंग पनि वार्ताको तयारी भएकाले सरकारको यो सफलतामा केही विरोधी तत्वहरुमा छटपटाहट सुरु भएको टिप्पणी गरे ।

प्रचण्ड माधब पक्षलाई संकेत गर्दै ओली भने ‘यसले राम्रा काम गर्‍यो, जनतामाझ अझ लोकप्रिय हुने भयो, सबैलाई एकाकार गरेर लादै छ, अब बर्बाद हुने भयो, हामी पछाडि पर्ने भयौं भनेर उनीहरू आत्तिएका छन्,बिकासमा खुसी हुनु भन्दा अझ दुखी भएकाछन्।’प्रधानमन्त्री ओलीले लोकप्रियताका लागि नभइ देशको विकासका लागि काम गरेको बताए । उनले भने मैले लोकप्रियताका लागि काम गर्ने होइन, यसले काम गर्‍यो भन्नुस् नभन्नुस्, मलाई फरक पर्दैन, मेरो उद्देश्य देशको विकास हो र म गरेरै छोड्छु, देश विकास बाहेक लोकप्रियतासँग मलाई सरोकार छैन ।

कार्यक्रममा ओलीले तीन वर्षमा देशको मुहार धेरै फेरिएको र यसको उदाहरण दहचोकको डाँडालाई लिन सकिने बताए । त्यस्तै छिट्टै नेपाल अल्पविकसित देशबाट विकसित देशतर्फ उन्मुख रहेको दावी गरे ।
उत्सबको उद्घाटन अघि काजि कालु पाण्डेको समाधी स्थलमा माल्यार्पण गरि दहचोक भ्यू टावरको उद्घाटन समेत गरेका थिए । उनले कालु पाण्डे जस्ता बीर सपुतहरुको इतिहास बचैराख्न सबैले सदैव लाग्नु पर्ने बताए । ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। दहचोक ऐतिहासिक,धार्मिक,सांस्कृतिक र पर्यटकीय स्थान भएकाले यहाँको पूर्वधार विकासमा आफुले सधै चासो राख्ने र सरोकारवालालाई पनि चासो राख्न आग्रह गरे ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल,शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ, शहरी विकास राज्य मन्त्री रामवीर मानन्धर,चन्द्रागिरी नगरपालिकाका प्रमुख तथा अन्य पदाधिकारी ,इन्द्रदह एकीकृत पर्यटन विकास समितिका सदस्यहरु, विभिन्न क्षेत्रका प्रतिनिधिको साथै दहचोकका स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।