गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन्।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका १ बारपाकमा सोमबार एक जना वृद्ध, एक बालिका र एक जना महिला सोमबार बिहान मृत भेटिएको गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिएका छन् ।
८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ मृत भेटिएका छन्।
हिजो राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेरेका थिए । अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगि अनुसन्धान थालेको छ ।