हाल देशका केही पहाडी भू-भागमा आंशिक बदली भइरहेको र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज दिउँसो र राति मौसममा सामान्य र आंशिक बदली भइ अन्य भागमा मौसम सफा रहने जनाएको छ । आज दिउँसो प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, आज राति प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
भोलि मंगलबार दिउँसो देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी, मंगलबार राति देशका पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहि बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।