logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डडेल्धुरामा १० वर्षीय बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ


अंकुरण खबर
780
Shares

डडेल्धुरामा १० वर्षीया बालिका बलात्कार आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

प्रहरीले आइतबार गन्यापधुरा गाउँपालिका–४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा  पक्राउ गरेको हो ।

कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै विद्यालयले प्रहरीसमक्ष उजुरी दिएको थियो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको जनाएको छ ।

प्रहरीका अनुसार मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्नेछ ।