logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

प्रचण्ड-माधव समूहले टुंग्यायो ६८ जिल्लाको नेतृत्व


अंकुरण खबर
806
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ ।

देशभरका ७७ जिल्लामध्ये प्रचण्ड-माधव समूहले ६८ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

आइतबार मात्रै अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड)र माधव कुमार नेपालबीच साबिकका नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच आधा-आधा (५० प्रतिशतको अनुपातमा) भागवण्डा मिलाउने सहमति भएको थियो ।

६८ जिल्लामा नेतृत्व चयन हुँदा पूर्व एमालेले ३३ जिल्लामा र पूर्व माओवादी पक्षले ३५ जिल्लामा नेतृत्व (अध्यक्ष) पाएको छ । अब ९ जिल्लामा मात्रै नेतृत्व चयन गर्न बाँकी छ । बाँकी रहेका जिल्लामा दुवै पक्षलाई ५०-५० प्रतिशतको अनुपातमा भागवण्डा गर्ने तयारी गरिएको छ ।

प्रचण्ड-माधव नेतृत्वको नेकपाले जिल्ला इञ्चार्ज र सहइञ्चार्ज टुंग्याउन बाँकी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको थियो ।

विभाजिन नेकपाको एउटा समूहको नेतृत्व प्रधानमन्त्री समेत रहेका ओलीले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड र नेपालले गरिरहेका छन् ।