logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुलीमा कटुवा पेस्तोलसहित एकजना पक्राउ


अंकुरण खबर
1.118K
Shares

प्रहरीले सिन्धुलीमा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मरिण गाउँपालिका-६ प्रतिटोल बस्ने सांगे लामा भन्ने २६ वर्षीय सांगे दोङलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले दोङलाई पक्राउ गरेको हो । प्रहरीलाई देख्नासाथ दोङ भाग्न खोजेको र सोही क्रममा नियन्त्रणमा लिई सोधपुछ गर्दा जंगलमा लुकाइराखेको अवस्थामा पेस्तोल फेला पारिएको प्रहरीको दाबी छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।