logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए १२५ जना कोरोना संक्रमित, मृतकको संख्या शून्य


अंकुरण खबर
1.326K
Shares

पछिल्लो २४ घण्टामा नेपालमा १ सय २५ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३ हजार ६ सय ८१ जनाको पिसिआर परीक्षण गर्दा १ सय २५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ४३ हजार ३ सय १५ पुगेको छ ।

सोमबार ९० जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ९ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।  आज कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।