logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लव नेता धर्मेन्द्र बास्तोला छुटे लगत्तै पक्राउ


अंकुरण खबर
1.287K
Shares

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसर बाट पुनः पक्राउ परेका छन ।

सरकार र विप्लव समूहबीच वार्ता तथा संवाद भईरहेको चर्चा चलिरहेको बेला अदालतको आदेश पछि बास्तोला छुट्ने चर्चा थियो ।

सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले पुनः पक्राउ गरेको हो ।

थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कानुनी कार्यविधि पालना नगरी म्याद थप माग गर्दा र दिँदा के कुन प्रयोजनको लागि म्याद थप गरिएको हो भन्नेसम्म पनि उल्लेख नगरी केवल फरक विचार र आस्था राखेका कारण पक्राउ गरेको देखिएको सर्वोच्चले उल्लेख गरेको छ ।

पक्राउ परेका बास्तोलालाई काभ्रेमा पठाउने तयारी भइरहेको छ ।

बास्तोलालाई रिहा गर्न माग गर्दै अनिमा वास्तोला भण्डारीले माघ २८ गते दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै तत्काल छाड्न केही बेरअघि मात्रै आदेश दिएको थियो ।