logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जावलाखेल चोकमा ट्राफिक चेकिङमा परेको स्कूटरलाई बसले ठक्कर दियो, एक महिलाको मृत्यु


अंकुरण खबर
1.131K
Shares

ललितपुरको जावलाखेल चोकमा ट्राफिकले चेकिङको लागि रोक्ने क्रममा स्कुटरबाट लडेकी महिलालाई बसले ठक्कर दिँदा सोमबार दिउँसो मृत्यु भएको छ ।

अन्दाजी ३३/३४ उमेरको देखिने मृतक महिलाको सनाखत हुन सकेको छैन । सोमबार दिउँसो मृतक सवार स्कुटर नम्बर प्र ३ ९ ०२९०१० प ५५८९ को स्कुटर भैंसेपाटीतर्फ जाँदै थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले स्कुटरको नम्बर यातायात व्यवस्था विभागमा पठाएर कसको नाममा स्कुटर दर्ता भएको र मृतक को हुन् भन्ने जानकारी लिन लागिएको बताए ।

घटनाको प्रत्यक्षदर्शीहरूका अनुसार ट्राफिक प्रहरीले तान्दा स्कुटरबाट महिला लड्न पुगेको र पछाडिबाट तीब्र गतिमा सवार बसले ठक्कर दिन हो । घटनाबारे सत्य तथ्य बुझ्न ५ जना प्रत्यक्षदर्शीहरूलाई समेत महागरीय प्ररही परिसरमा बोलाएको एसपी महर्जनले बताए ।

ठक्कर दिने बस बा २ ख ३५७४ नम्बरको हो । घटनापछि प्रहरीले बस चालकलाई भने नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी महर्जनले बताए ।