logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्याग्दीबाट पोखरा जाँदै गरेको जीप दुर्घटना


अंकुरण खबर
728
Shares

पर्वत जिल्लाको मोदी गाउँपालिका–५ अम्बोटस्थित पोखरा–बागलुङ  सडकखण्डमा म्याग्दीबाट पोखरातर्फ जाँदै गरेको ग३च १०९ नंको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका ६५ वर्षीय भीमबहादुर पुन, सोही स्थानका ३० वर्षीय विशाल गर्बुजा र ३० वर्षीय ताराबहादुर गर्बुजा घाइते भएका हुन् ।

जीपमा चार जना सवार रहेकामा एक सकुशल रहेको र घाइतेको उपचारका लागि पोखरा लगिएको  जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।