logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बढ्यो सुनको मूल्य, ९० हजारको आंकडा पार


अंकुरण खबर
754
Shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले बढेको हो । तोलामा १ हजार १ सय रुपैयाँ बढेसँगै आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सोमबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ९ सय रुपैयाँ थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य तोलाको १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।