logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुरक्षा परिषद् बैठकः विप्लवमाथिको प्रतिबन्ध फुकुवाबारे छलफल


अंकुरण खबर
793
Shares

राष्ट्रिय सुरक्षा परिषद् बैठकमा प्रतिवन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउनेबारे छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार(आज) बिहान बसेको बैठकमा विप्लवमाथिको प्रतिवन्ध हटाउने विषयमा छलफल भएको जनाइएको छ । यसका साथै प्रतिनिधिसभा विघटन मुद्दाको फैसलापछि आवश्यक सुरक्षा सतर्कताबारे पनि छलफल भएको थियो ।

सोमबार(हिजो) प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबीच भेटवार्ता भएको थियो । सोही भेटपछि सुरक्षा परिषद् बैठक तय भएको थियो । सुरक्षा परिषद् बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।