logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिले गरिन् डा. विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त


अंकुरण खबर
1.534K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाको लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले विश्वकर्मालाई आज राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्वकर्मालाई सरकारले केही साता अघि दक्षिण अफ्रिकाको लागि नेपाली रजादूतमा सिफारिस गरेको थियो ।

“फागुन ११ गते मंगलबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २८२ बमोजिम डा।निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।