नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले घटेको छ ।
नेप्सेका अनुसार आज २१.१६ अंकले नेप्से घटेर दुई हजार पाँच सय ८६ दशमलब ५१ विन्दुमा पुगेको छ भने ८ अर्ब ५६ करोड १५ लाख बरोबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये आज ट्रेडिङ बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।
आज दोहोरो अंकले बजार घटेपनि चार कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ । यी कम्पनीको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ ।