logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ११० जना कोरोना संक्रमित, चार जनाको मृत्यु


अंकुरण खबर
754
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ६६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ।

हाल देशभर १ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६५ पुगेको छ ।