logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद पुनःस्थापना भयो भने पनि प्रचण्ड र नेपाल प्रधानमन्त्री हुने सम्भावना एक प्रतिशत पनि छैन : प्रधानमन्त्री ओली


अंकुरण खबर
1.027K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापना केहीगरी भइहाले प्रचण्ड र माधव नेपाल हल बाँधेर प्रधानमन्त्री खोज्न निस्कने बताएका छन् ।

आज आफू निकट युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा पुनर्स्थापना नहुने जिकीर गरे । यदी पुनस्र्थापना भएमा प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री हुने सम्भावना नरहेको दावी थियो ।

पुनर्स्थापना भयो भने के हुन्छ भन्ने अदालतलाई थाहा भएकोसमेत ओलीले जिकिर गरे।

‘पुनर्स्थापना भयो भने यहाँ के हुन्छ भन्दा प्रचण्डजी र माधव नेपालजी हल बाँधेर प्रधानमन्त्री खोज्न हिँड्नुहुन्छ। कहिले यसो उत्तरतिर, कहिले यसो दक्षिणतिर लाग्नुहुन्छ । प्रधानमन्त्री भइदिनुस् न त्यति मानिदिनुस् न भन्नुहुन्छ । उहाँहरूको कुनै चान्स छ? कुनै सम्भावना छ प्रधानमन्त्री हुने? एकभन्दा पनि तल तल प्रतिशत छैन उहाँहरूको सम्भावना। लडाइँ जित्नुभयो भने उहाँहरूले प्रधानमन्त्री खोज्दै हिँड्नुपर्छ। खोज्दै हिँडेर अन्तिममा मैकहाँ आइपुग्न बेर लगाउनुहुन्न ।’

उनले पार्टीको चुनाव चिन्हबारे पनि भ्रममा नपर्न आग्रह गर्दै सूर्य चिन्ह आफूहरूले नै पाउने दाबी गरे ।

प्रचण्ड एकपटक पनि सूर्य चिन्हबाट चुनाव नलडेको भन्दै उनले आफूले २०४८ सालमा निर्वाचन आयोगमा चिन्ह दर्तागराएपछि लगातार सूर्य चिन्हबाटै चुनाव लड्दै आएको स्मरण गराए ।

आजै आफ्नो ७० औं जन्मदिन मनाएका प्रधानमन्त्री ओलीले आफू ७० वर्ष पुगेकोले खुसी नभएको बताए । असी पुग्न १० वर्ष बाँकी रहेको भन्दै उनले बाँचिएको र स्वस्थ्य भएकोले आफू खुसी नै रहेको प्रतिक्रिया दिए ।