logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको दाहाल-नेपाल समूहले सांसदहरुलाई छलफलका लागि बोलायो


अंकुरण खबर
1.313K
Shares

प्रतिनिधि सभा पुनस्र्थापना भएपछि नेकपाको दाहाल(नेपाल समूहले आफू निकट सांसदहरुलाई छलफलका लागि बोलाएको छ ।

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेसँगै प्रचण्ड-माधव पक्ष आज दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा छलफलमा जुट्ने भएको हो ।

सांसदहरुसँगको छलफलका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल चितवनबाट काठमाडौं फर्कदै छन् ।

प्रमुख सचेतक देव गुरुङले आगामी रणनीति तय गर्नका लागि अनौपचारिक छलफलका लागि सांसदहरुलाई बोलाएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ ।