नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको स्थायी समिति बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपाको स्थायी समिति बैठक सुरु भएको नेता सुवास नेम्वाङले जानकारी दिए ।
संसद विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका हुन् ।
बैठकमा नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, नेम्वाङ लगायत सहभागी छन् । बालुवाटारमा पत्रकारहरुलाई प्रवेश दिइएको छैन ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले मंगलबार बदर गरेको थियो ।