नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
बुधबार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुनको मूल्य तोलाको ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ८९ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।