नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् ।
गौतमले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट ढिला नगरी तुरून्त राजीनामा दिनु पर्छ ।’
संवैधानिक इजलासको निणर्यलाई स्वागत गर्दै गौतमले राष्ट्रपतिले प्रेस विज्ञप्ति मार्फत प्रतिनिधिसभा अधिवेशन आह्वान गर्न पनि माग गरेका छन् ।
त्यस्तै, उनले दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको जिकिर गर्दै गौतमले निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सार्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन भएको पनि बताएका छन् ।
गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो लेखिएको छ :
