नेपाल इन्फ्रास्टक्चर बैङ्कको सेयर भाउ शतप्रतिशतले घटेको छ । सेयर भाउ लगातारको सकारात्मक सर्किटमा रहेपनि हिजोदेखि ब्रेक लागेको नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको शेयर मूल्य १ सय प्रतिशतले घटेको देखाएको छ । जबकी कुनै एक दिन एउटा कम्पनीको शेयर मूल्य १० प्रतिशत भन्दा धेरैले घटबढ हुन पाउदैन ।
नेप्सेको वेबसाइटमा सबै भन्दा धेरै निफ्राको मूख्य घटेको छ । बुधबारको कारोबारमा नेप्सेको नयाँ तथा पुराना दुवै वेबसाइटले गलत तथ्यांक देखाईरहदा लगानीकर्तामा अन्योल्ता सृजना भएको छ । नेप्सेले टिएमएसबाट निफ्राको कारोबार हुन नसक्ने गरी कम्पनीको नाम हटाएको छ ।
नेप्सेले भने यो समाचार तयार पार्दासम्म निफ्राको शेयर मूल्य के कारण यस्तो भएको हो भन्ने बारे लगानीकर्तालाई केहि पनि जानकारी दिएको छैन । यसो हुँदा बिक्रि वा खरिद अर्डर हाल्न मिलेको छैन । यसको पनि जानकारी लगानीकर्ताले आधिकारिक रुपमा पाएका छैनन् । निफ्रा किन हटाईयो भन्नेबारे समेत नेप्सेले जानकारी दिएको छैन । नेप्से सूचक भारी अङ्कले घटे पछि सामाजिक सञ्जालमा हल्लीखल्ली मच्चिएको छ । यसले समग्र नेप्से सूचक र बजार प्रभावित भएको छ ।
कुनै पनि कम्पनीको भाउ एक दिनमा १० प्रतिशत भन्दा तलमाथि हुन नसक्ने भए पनि बुधबार निफ्राको भाउ शतप्रतिशत घटेको देखिएको छ । यसले निफ्राको भ्यालू शून्य भएको जनाउँछ । अनलाइन प्रणालीमा गडबढी हुँदा यस्तो देखिएको हो ।
बुधबार कारोबार खुलेदेखि नै खरिद अर्डर राख्न समस्या देखिरहेको अवस्थामा नेपाल इन्फ्रास्टक्चर बैङकको शेयरमूल्य शतप्रतिशतले घटेपछि लगानीकर्तामा भ्रम पैदा भएको छ ।