logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाका अध्यक्षद्वय दाहाल र नेपाल देउवालाई भेट्न बूढानीलकण्ठ जाँदै


अंकुरण खबर
1.157K
Shares

प्रतिनिधिसभा पुनर्स्थापनापछि नेकपाको ‘प्रचण्ड’ समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवानिवास बूढानीलकण्ठ जाने भएका छन् ।

सर्वोच्च अदालतले मंगलबार सरकारले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि विकसित राजनीतिक घटनाक्रमलगायतबारे छलफल गर्न दाहाल-नेपाल देउवानिवास जान लागेका हुन् ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सभापतिलाई भेट्न दाहाल-नेपालले समय लिएको बताए। “उहाँहरूले समय लिनुभएको छ र आउनुहुन्छ,” उनले भने ।

प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाको प्रचण्ड समूहसँगै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक समाजहरूले खुसियाली मनाएका छन् । तर, प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाको ओली समूह र राप्रपाले भने अदालतको अनपेक्षित निर्णय भनेको छ ।

गएको पुष ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । जसलाई मंगलबार सर्वोच्चले बदर गरिदिएको छ ।