भारतमा उपचाररत पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको स्वास्थ्य परीक्षण जारी छ ।
जसपाका केन्द्रीय सदस्यसमेत रहेका डा. भट्टराईका सहयोगी विश्वदीप पाण्डेले भट्टराईको बायोप्सीको रिपोर्ट आउन अझै ४ दिन लाग्ने जानकारी दिए ।
पाण्डेका अनुसार हिजोको परीक्षणपछि थप पीईटी स्क्यान र अरु केही परीक्षण गर्न चिकित्सकले भनेका थिए । पीईटी स्क्यान बायोप्सी र अन्य परीक्षणको रिपोर्ट आएपछि उनको रोगको निर्क्यौल हुनुका साथै निदानको बारेमा अन्तिम टुंगो लाग्ने उनले बताए ।
भट्टराई स्वास्थ्य उपचारको सिलसिलामा आइतबार भारत भएका डा.भट्टराई मंगलबार बिहान ९ बजे नयाँदिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा भर्ना भएका हुन् ।