logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

संसद पुनर्स्थापना भएको खुसियालीमा प्रचण्ड-नेपाल समूहले काठमाडौंमा निकाल्यो विजय जुलुस


अंकुरण खबर
3.523K
Shares

संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड-माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने छ । सभालाई अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

May be an image of ४ जना मानिसहरू, उभिएका मानिसहरू, crowd तथा घरबाहिर

विजय जुलुसमा सहभागीहरुले सूर्य र हँसिया हथौडा बोकेका छन् । उनीहरुले लोकतन्त्र जिन्दावाद, केपी ओली बाईबाईलगायतका नारा लगाएका छन् ।

May be an image of ८ जना मानिसहरू, उभिएका मानिसहरू तथा crowd

संसद विघटनको विरोधमा पूर्वनिर्धारित विरोध कार्यक्रमलाई प्रचण्ड माधव समूहले बुधबार विजय जुलुसमा परिणत गरेको थियो । सो समूहले देशभर विजय जुलुस निकाल्न मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।

May be an image of ५ जना मानिसहरू, उभिएका मानिसहरू, घरबाहिर तथा crowd