logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

प्रचण्ड-माधव समूहले बोलायो स्थायी कमिटी बैठक


अंकुरण खबर
1.43K
Shares

नेकपा प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक बोलाइएको छ ।

राजधानी उपत्यकामा उपलब्धि स्थायी कमिटी सदस्यहरुलाई बैठकका लागि पेरिसडाडाँमा बोलाइएको हो ।

नेकपाले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे स्थायी समिति बैठक बोलाइएको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठक दुई बजे बस्ने तय भएको हो । त्यसपछि दिउँसो चार बजे संसद् दलको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेपछि नेकपाको स्थायी समिति बैठक बस्न लागेको हो ।