logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुढानिलकण्ठमा प्रचण्ड-नेपाल र देउवाबीच करिब आधा घण्टा छलफल


अंकुरण खबर
1.859K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा, दाहाल–नेपाल समूह) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेर फर्किएका छन् । 

उनीहरु देउवासँगको छलफलका लागि देउवा निवास बुढानिलकण्ठ नै पुगेका हुन् । प्रचण्ड, नेपाल र देउवाबिच करिब आधा घण्टा छलफल भएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते भएको संसद विघटन असंवैधानिक ठहर गर्दै मंगलबार सर्वोच्च अदालतले सो विघटन बदरको घोषणा गरेपछिको अवस्थाबारे उनीहरुबिच छलफल भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन दबाब परिरहेको र राजीनामा नदिएमा अविश्वासको प्रस्ताव मार्फत हटाउने रणनीतिमा रहेका प्रचण्ड–नेपाल भावी राजनीतिक समिकरणका लागि कांग्रेसको साथको खोजीमा छन् ।

सर्वोच्चको फैसलालगत्तै हिजो नै देउवा अध्यक्ष दाहालबीच टेलिफोन वार्ता भएको थियो टेलिफोन वार्तामा देउवा दाहालले आज भेटेर छलफल गर्ने निधो गरेका थिए