logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाहाल-नेपालसँगको छलफलपछि देउवाले बोलाए पदाधिकारी बैठक


अंकुरण खबर
3.653K
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाको दाहाल–नेपाल पक्षीय नेताहरुसँगको छलफलपछि पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

बुधबार दिउँसो बुढानिलकण्ठमा पुष्पकमल दाहाल र माधव नेपालसँगको छलफलपछि देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा प्रतिनिधिसभा पुनर्स्थापनापछि दाहाल–नेपालले गरेको सहकार्यको प्रस्तावमा छलफल गरिने भएको छ । पदाधिकारी बैठक बिहीबार (भोलि) दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

बुढानिलकण्ठमा भएको छलफलमा दाहाल र नेपालले देउवालाई सत्ता सहकार्यको प्रस्ताव राखेका थिए ।

‘उहाँहरुबीच समसामयिक विषयमा छलफल भयो। दाहाल नेपालले मिलेर जाऔं भन्नुभयो’, देउवाका स्वकीय सचिव भानु देउवाले भने । जवाफमा देउवाले पार्टीभित्र छलफल गरेर जानकारी गराउने बताएका थिए ।