logo
  • बुधबार, कार्तिक २६, २०८३ / Wednesday, Nov, 11 ,2026

ट्रक त्रिशूली नदीमा खस्यो, ट्रकमा सवार व्यक्तिहरूअज्ञात


अंकुरण खबर
2.795K
Shares

चितवनको इच्छाकामना गाउँपालिका-६ नाग्दीखोला क्षेत्रबाट ट्रक त्रिशूली नदीमा खसेको छ।

ना. ७ ख ७८७ नम्बरको आइचर ट्रक आज नदीमा खसेको हो।

इलाका प्रहरी कार्यालय मुग्लिनले ट्रकको अगाडिको भाग छुट्टिएर नदीभित्रै पसेको र पछाडिको भाग नदीको किनारमा फेला परेको जनाएको छ।

प्रहरीले ट्रकमा सवार व्यक्तिहरूको खोजी कार्य थालेको छ।