logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोहोरो अंकले बढ्यो नेप्से


अंकुरण खबर
728
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ ।

नेप्सेका अनुसार आज १२.५६ अंकले नेप्से बढेर दुई हजार पाँच सय ९९ दशमलब ७ विन्दुमा पुगेको छ भने ६ अर्ब ७० करोड १८ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये आज दुई समूह बाहेक अन्य सबै समूह बढेका छन् ।

आज तीन कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि देखिएको छ । उच्च शेयरमूलय बृद्धि हुनेमा आईएमई जनरल इनस्योरेन्स, नेपाल फाइनान्स र चन्द्रागिरी हिल्स रहेका छन् ।

यी कम्पनी मध्ये दुई शेयरमूल्य झण्डै १० प्रतिशतले बढेको छ भने अर्को एक कम्पनीको १० प्रतिशतले शेयरमूल्य बढेको छ ।