logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सुरु


अंकुरण खबर
845
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठक पार्टी कार्यालय कोटेश्वर, पेरिसडाँडामा भर्खरै सुरु भएको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको कदम बदर गरेपछि आगामी रणनीति बनाउन बैठक बसेको हो ।

आजै ओली समूहको स्थायी कमिटी बैठक बसेको थियो । उक्त समूहले आजै अपराह्न ४ बजे सांसदहरुसँग छलफल पनि गर्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेपछि नेकपाको स्थायी समिति बैठक बस्न लागेको हो ।