पछिल्लो २४ घण्टामा नेपालमा थप ९४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६९२ जनाको पिसिआर परीक्षण गर्दा ९४ जनामा कोरोना पुष्टि भएको हो ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको छ ।
पछिल्लो २४ घन्टामा ७१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार १३९ पुगेको छ ।
आज कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०६६ पुगेको छ ।