logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पशुपतिमा सुनको जलहरी नराख्न सर्वोच्चको आदेश


अंकुरण खबर
663
Shares

सर्वोच्च अदालतले पशुपतिमा सुनको जलहरी नराख्न अन्तरिम आदेश दिएको छ ।

चाँदीको जलहरी विस्थापित गरेर सरकारले सुनको जलहरी राखेपछि सर्वोच्चले अधिवक्ता निकिता ढुंगानाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै जलहरी नराख्न आदेश दिएको हो।

रिट निवेदक र सरकार दुवैलाई छलफलका लागि फागुन १७ गते उपस्थित हुन आदेश दिँदै सर्वोच्चले त्यस दिनसम्मका लागि सुनको जलहरी नराख्न न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले आदेश दिएको हो।

तर सर्वोच्चको आदेश आउनु अघि नै बुधबार बिहान राष्ट्रपति भण्डारीले पशुपतिनाथमा जहलहरी राखेकी छिन्।