आज बस्ने भनिएको ओली समूहको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मका लागि भन्दै स्थगित भएको हो ।
यसअघि बुधबार बसेको बैठकले सर्वोच्चको फैसलाअनुसार नै संसद् बैठक बोलाउन स्थायी कमिटी सदस्यहरुले सुझाव दिएका थिए ।
आज बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन ।