नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दै छ ।
बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको छ ।
पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्ने बताइएको छ।
बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपा प्रचण्ड-माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले बताए ।
सर्वोच्च अदालतले संसद विघटन असंवैधानिक ठहर गरेपछि पुर्नस्थापित संसदमा नयाँ सरकार गठनको अभ्यास सुरू भएको छ भने दलहरू बैठक छलफलमा जुटेका छन् ।
यसमा निर्णायक देखिएको कांग्रेससँग प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार नै देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन् ।