logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

वामदेव गौतमले दाहालसमक्ष राखे पार्टी एकताको प्रस्ताव


अंकुरण खबर
988
Shares

नेकपा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एकताको प्रस्ताव लिएर आज नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् ।

एकताको प्रस्ताव लिएर नेता गौतम दाहाललाई भेट्न आज  बिहान उनको निवास खुमलटार पुगेका थिए । दुईजनाबीच करिब आधा घन्टा भेटवार्ता भएको गौतमका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए ।

नेता गौतमले दाहाललाई पार्टी एकताका लागि प्रस्ताव राखेका थिए । तर, दाहालले भने ठोस कुनै जवाफ नदिएको बताइएको छ ।

गौतमले यसअघि बुधबार पनि एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने, दुई अध्यक्षले सचिवालय बैठक बोलाउनुपर्ने माग गरेका थिए ।

सर्वोच्च अदालतको फैसलाले विभाजित बनेको नेकपालाई पुनः एकता गर्न सहज हुने गौतमले प्रतिक्रिया दिइसकेका छन् । यद्यपि दाहाल-नेपालले भने तत्काल नेकपा एकता हुन नसक्ने बताइसकेका छन् ।