logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा ५ सयले ओरालो लाग्यो सुनको मुल्य


अंकुरण खबर
741
Shares

नेपाली बजारमा बिहीबार सुनको मुल्य तोलामा ५०० रुपैंयाले ओरालो लागेको छ ।

आज छापावाला सुन तोलामा ५०० रुपैंयाले घटेर प्रतितोलाको ८९ हजार ३०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

हिजो छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैंयामा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य भने तोलामा १० रुपैंयामा बढेर १३ सय ५५ रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ ।

हिजो चाँदीको मुल्य १३ सय ४५ रुपैंयामा कारोबार भएको थियो ।