logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभाका सांसदले एकमुष्ट ३ महिनाको तलब पाउने


अंकुरण खबर
1.131K
Shares

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

सर्वोच्चको आदेशपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठक बोलाउन तयार भएका छन् । अब प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ दिनभित्र बैठक आव्हवान गर्ने छिन्। संसद पुनःस्थापना भएसँगै सांसदहरुको पनि जागिर पुनःस्थापना भएको छ।

सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने

प्रतिनिधि सभाका सांसदहरुले गत पुस ५ गते यताको तलब पाउने भएका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सांसदहरुको तलब रोकिएको थियो । फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै सांसदहरुले तलब पाउने भएका हुन् ।

सांसदहरुले पुस महिनाको ५ दिनको तलब प्राप्त गरेका थिए । भने बाँकी रहेको समयको तलब उपलब्ध गराउन लागेको संसद सचिवालयले जनाएको छ ।

हाल संघीय सांसदहरूको मासिक तलब ५५ हजार २ सय ३० रुपैयाँ छ। त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतक लगायतको तलब भने त्यसमा केही बढी रहेको छ।

यो अवधिमा बैठक बसेको भए उनीहरूले बैठक भत्ता र यातायात सुविधा पाउने थिए ।

 पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरिदिएपछि २७५ जना सांसदहरुको तलब रोक्का भएको थियो ।