logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मास्टरसेफ सन्तोष साह काठमाडौंमा


अंकुरण खबर
2.093K
Shares

बीबीसी मास्टरसेफ प्रोफेसनल २०२० को फाइनलमा पुगेका सेफ सन्तोष साह नेपाल आएका छन् ।

बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका साहलाई नेपाल पर्यटन बोर्ड, द ग्लोबल एकाडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन र भ्वाइस अफ सेफका सदस्यहरुले स्वागत गरेका हुन्।

उनी प्यासिफिक एसिया ट्राभल एशोसिएशनको कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् । यूके मास्टरसेफ प्रोफेसनलमा नेपाली खाना प्रस्तुत गरेर साह चर्चित बनेका थिए ।