logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राताम्मे शेयर बजार, ४४.९४ अंकले घट्यो


अंकुरण खबर
1.859K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले घटेको छ ।

नेप्सेका अनुसार आज ४४.९४ अंकले नेप्से घटेर दुई हजार पाँच सय ५४ दशमलब १३ विन्दुमा पुगेको छ भने ६ अर्ब ९ करोड ८१ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका १२ समूहमध्ये सबै समूह राताम्मे भएका छन् ।

आज शेयर बजार राताम्मे भएपनि दुई कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स र नेपाल हेल्थ प्रोफेशनल काउन्सिल रहेका छन् ।