नेपालमा पछिल्लो २४ घण्टामा थप ११२ जना कोरोना संक्रमित थपिएका छन् ।
गत २४ घन्टामा ३ हजार ४ सय ११ पीसीआर परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमित देखिएको हो ।
योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ८७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ८४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार २२३ पुगेको छ।
आज कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ६७ पुगेको छ ।