logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजदूत रेग्मी र विश्वकर्माले लिए पद तथा गोपनीयताको सपथ


अंकुरण खबर
767
Shares

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले पद तथा गोपनीयताको सपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा विहीबार आयोजित विशेष समारोहमा राजदूतद्वय रेग्मी र विश्वकर्माले शपथ लिएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त गरेकी थिइन् ।

आयोजित विशेष समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।