logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बर्दियामा १४ वर्षीय किशोरले एकै दिन चार बालिकालाई पालैपालो गरे बलात्कार


अंकुरण खबर
676
Shares

बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् ।

१४ वर्षीय एक किशोरले एकै दिन चार बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि बालिका बलात्कार भएको पत्ता लागेको हो । ती किशोरले भाँडाकुटी खेलिरहेका ८, ६ र ५/५ वर्षका नाबालिका बलात्कृत भएको पीडित पक्षले बताएको छ।

आरोपित किशोर बारबर्दिया नगरपालिकाबाट बाँसगढीमा आफन्तकहाँ पाहुना आएका थिए । उनले कसैलाई नभन्न धम्की दिएपछि बालिकाहरूले घटना लुकाएका थिए । तर, घटनाबाट जोगिएकी एक बालिकाले अभिभावकलाई सबै कुरा बताएपछि वास्तविकता बाहिरिएको हो। उनीहरू फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए ।

किशोरले नजिकैको ट्रेलरबाट टालाटुली लगेर बालिकाको हात र खुट्टा बाँधेर पालैपालो बलात्कार गरेका थिए । पीडितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन ।

प्रहरीले आरोपित बालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।