logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस सभापति देउवासँग चीन र भारतका राजदूतको भेटवार्ता


अंकुरण खबर
689
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग दुई छिमेकी देश भारत र चीनका राजदूतले भेटघाट गरेका छन् ।

संसद् पुनर्स्थापना भएर नयाँ सरकार गठनको कसरत भइरहेका बेला चीन र भारतका राजदूतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका हुन ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनय मोहन क्वात्राले देउवालाई उनकै निवास बूढानीलकण्ठमा पुगेर भेटेको बताइएको छ ।

पार्टीका सह-महामन्त्री प्रकाशशरण महतका अनुसार देउवा निवास बुढानिलकण्ठमा हिजो बेलुका फरक–फरक समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेको हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि अहिले कांग्रेसका सभापति देउवासँग भेटघाट गर्नेहरूको संख्या बढेको छ ।

नेपालमा राजनीतिक रस्साकस्सी भइरहेका बेला छिमेकी मुलुकका राजदूतहरुले प्रमुख प्रतिपक्षी दलका नेतासँग गरेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बुधबार मात्र पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल उनलाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । यस क्रममा चीन र भारतका राजदूत पनि सक्रिय भएका हुन् ।

नेपालमा नयाँ सरकार गठनका लागि मुख्य भर देखिएको कांग्रेससँग दुवै देशका राजदूतले भेट गरेका हुन् ।