logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस नेता जोशीलाई मस्तिष्कघात


अंकुरण खबर
3.068K
Shares

पूर्वमन्त्री तथा कांग्रेस नेता नवीन्द्रराज जोशीलाई ब्रेनह्यामरेज भएको छ ।

गएराति १ बजे स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल लगिएकोमा शुक्रबार बिहान उनलाई त्यहाँबाट नर्भिक अस्पताल पुर्‍याइएको छ ।

वीर अस्पतालमा डा. भुपेन्द्र बस्नेतको टोलीले माइनर अप्रेसन गरेपछि शुक्रबार बिहान उनलाई नर्भिक अस्पताल लगिएको उनका दाजु राजुराज जोशीले जानकारी दिए ।

अहिले उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।