logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिला लघुवित्तको आइपीओ बाँडफाँट : साढे ३७ हजारले पाए, १५ लाखको हात खाली


अंकुरण खबर
1.313K
Shares

महिला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) बाँडफाँट गरेको छ ।

शुक्रबार बिहान ८ बजे लघुवित्तले आइपीओ बाँडफाँट गरेको हो । कम्पनीको आइपीओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन परेको थियो ।

सोमध्ये ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको छ । जसमध्ये ३७ हजार ५ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी १५ लाख २ हजार ५ सय ३५ जना आवेदक हात खाली भएको छ ।

महिला लघुवित्तले गत माघ ३० गतेबाट एक सय रुपैयाँ अंकित दरका सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयरको बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ हो ।

कम्पनीले कुल ४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समुहिक लगानी कोषहरूका लागि बाँडफाँट गरिसकेको छ। लघुवित्तको सेयरमा ६३ गुणा बढीको आवेदन परेको छ ।