logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्याग्दीमा जीप दुर्घटना, १ जनाको मृत्यु, चारजना घाइते


अंकुरण खबर
1.144K
Shares

म्याग्दीको मालिका गाउँपालिका-३ बाट बिरामी बोकेर पोखरा जाँदै गरेको जीप दुर्घटनामा परेको छ ‍।

बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका-४, तातोपानीको फापरखेत पहिरोनजिकै बिहीबार राति करिब १० बजे ग १ ज ६७८८ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुर्घटनामा चारजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मालिका गाउँपालिका-३ का ६२ वर्षीय गोविन्द रोकामगर रहेको प्रहरीले जनाएको छ । मालिका–१ का चालक नरबहादुर सिउथानीको खुट्टामा गहिरो चोट लागेकोले थप उपचारका लागि पोखरा पठाइएको छ ।

अन्यको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जीपमा पाँचजना मात्रै सवार थिए । जीप सडकको घुम्तीदेखि करिब ५० मिटर तल खोला किनारमा खसेर दुर्घटना भएको जनाइएको छ ।